महालक्ष्मी विकास बैंकको ४ हजार कित्ता बढि संस्थापक शेयर आजदेखि लिलामीमा

महालक्ष्मी विकास बैंकको ४ हजार कित्ता बढि संस्थापक शेयर आजदेखि लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले ४ हजार ७०३ कित्ता संस्थापक शेयर पुस १३ गते मंगलवारदेखि लिलामीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सकिने गरी उक्त शेयर लिलामीमा ल्याएको हो ।

इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र यो शेयर खरिद गर्न चाहेमा बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट खरिद माग नभएमा भने अन्य व्यक्त तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी पनि बैंकले दिएको छ ।