अग्राधिकार शेयर के हो ?

अग्राधिकार शेयर के हो ?


काठमाडौं – कुनैपनि कम्पनीको कुनैपनि स्वामित्वमा सामान्य शेयरधनीहरुको भन्दा अधिक अधिकार हुन्छ भने त्यो नै अग्राधिकार शेयर हो। यसलाई अंग्रेजीमा प्रिफरेन्स शेयरपनि भनिन्छ। कुनैपनि कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गरेको हुन्छ।

अग्राधिकार शेयर संस्थाको पुँजीको रुपमा रहने गर्दछ। संस्थाको पुँजीको रूपमा रहने भएता पनि यसको शेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने हुँदैन। यसमा निश्चित दरमा लाभांश प्राप्त गर्ने अधिकार अग्राधिकार शेयरधनीलाई हुन्छ।

अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत हुने अग्राधिकार शेयर, प्रतिफल जम्मा हुने अग्राधिकार शेयर, प्रतिफल जम्मा नहुने अग्राधिकार शेयर, विनिमय गर्न मिल्ने अग्राधिकार शेयर र अनन्तकाल सम्म रहने अग्राधिकार शेयरमा विभाजन गरिएको पाइन्छ। स्थिर आय स्ट्रिम र सुरक्षा चाहने लगानीकर्ताहरू अग्राधिकार शेयरमा आकर्षित हुने गरेको पाइन्छ। संस्था विघटनको अवस्थामा सम्पत्ति माथि पहिलो अधिकार अग्राधिकार शेयरधनीहरुको हुने हुँदा पनि यसमा आकर्षित हुने गरेको पाइन्छ ।