काठमाडौं – साताकाे चाैथाे काराेबारकाे दिन बुधबार शेयर बजार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ५ दशलमव ५८ अंकले घटेर २,०७९ को विन्दुमा कायम भएको छ। आज ८३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ।
आज ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सिइडिबी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। सानिमा माइ हाइड्रोको १६ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्।



About Us
प्रतिक्रिया