बैंकिङ्ग समाचार, काठमाडौं ।
तीन अलग अलग कम्पनीको साधारण सभा शनिवार हुने भएको छ ।
नेरुडे लघुवित्त वित्तीय संस्था,घोडीघोडा लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् ।
नेरुडे लघुवित्त वित्तीय संस्थाले सभा बिहान ११ बजे उद्योग संगठन मोरंगको सभाहल विराटनगरमा शुरु गर्ने जानकारी दिएको छ । सभाले २१ दशमलव ४८ प्रतिशत बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गतेदेखि पुस १० गते बुक क्लोज गर्ने बताएको छ । यस आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
त्यसैगरी घोडीघोडा लघुवित्तले छैठौं वार्षिक साधारण सभा शनिवार होटल रुबस, धनगढी, कैलालीमा बिहान १० बजेबाट सभा शुरु गर्ने जानकारी दिएको छ ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाले बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार प्रालि इटहरीमा बिहान ९ बजेदेखि सभा शुरु गर्ने जानकारी दिएको छ ।
सभाले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते शेयरधनीदर्ता पुस्तिका बन्द गरिसकेको छ । यस आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया