शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट


काठमाडौं– साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ। आज शेयर बजार नेप्से परिसूचक ३ दशलमव ९७ प्रतिशतले घटेर २,०७९ को विन्दुमा कायम भएको छ। आज ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै एनआरएनको शेयर खरिदविक्री भएको छ। आज यस कम्पनीको १४ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। पोखरा फाइनान्सको १३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ग्रिन भेञ्चरको १२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै बुद्ध भुमी नेपालका लागानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ६६ प्रतिशतका दरले कमाएका छन्। हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ दशलमव ९१ प्रतिशतका दरले कमाएका छन्। नेशनल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन्।