शेयर बजारमा दाेहाेराे अंकको वृद्धि, काराेबार रकम ४ अर्ब माथि

शेयर बजारमा दाेहाेराे अंकको वृद्धि, काराेबार रकम ४ अर्ब माथि


काठमाडाैं – साताको पहिलो काराेबारकाे दिन शेयर बजार दाेहाेराे अंकले बढेकाे छ। अघिल्लाे साता बजेटले उत्साह ल्याउन नसकेकाे शेयर बजारमा याे साताकाे पहिलाे काराेबारकाे दिन हरियाली छाएकाे हाे।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ५१ अंकले बढेर २,०८३ को विन्दुमा कायम भएको छ। आज दिनभरिमा ३२५ कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३१ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यसदिन १७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६१ कम्पनीको शेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ।