नेप्सेमा स्वावलम्बन लघुवित्तको शेयरमूल्य समायोजन

नेप्सेमा स्वावलम्बन लघुवित्तको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार १०० दशमलव ८४ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात सोमवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३१० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी पुस १५ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले सभा बिहान ११ बजे एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा गर्ने जानकारी दिएको छ ।