साताको शेयर बजार : बजेटले लगानीकर्तामा उत्साह भर्न नसक्दा नेप्सेमा ६१ अंक बढीको गिरावट 

साताको शेयर बजार : बजेटले लगानीकर्तामा उत्साह भर्न नसक्दा नेप्सेमा ६१ अंक बढीको गिरावट 


काठमाडौं – यो साता शेयर बजारका लागि विशेष रुपमा हेरिएको थियो। लगानीकर्ताहरू लामो समयदेखि बजेटको प्रतीक्षामा थिए। तर यही साता आएको आगामी आर्थिक वर्षको शेयर बजारले लगानीकर्तामा खासै उत्साह भर्न सकेन। यो साताको शेयर बजारको कारोबारलाई हेर्ने हो भने बजेट फापेन भन्दा फरक नपर्ला। यो सातामा जम्मा चार दिन मात्रै शेयर कारोबार भएको छ। साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर बजार सोमबार झिनो अंकले बढ्यो। मंगलबार आगामी आवको बजेट आउने भएकाले लगानीकर्ता उत्साहित थिए। तर बजेटले लगानीकर्ताको मनशायलाई बुझन् नसक्दा बुधबार र बिहीबार शेयर बजारमा हरियाली छाउनुको साट्टो राताम्मे छायो। मंगलबार भने गणतन्त्र दिवसकाे अवसरमा सार्वजनिक बिदा रहेकाले शेयर बजार बन्द रह्रयाे।

गत साता नीति तथा कार्यक्रमका कारण उत्साह छाएको शेयर बजारमा बजेटले उत्साह भरेको देखिएन। यो साता २१३१ दशमलव ४९ को बिन्दुबाट कारोबार सुरु गरेको बजार २०६९ दशमलव ५३ को बिन्दुमा पुगेर बन्द भएको छ। बिहीबारसम्म आइपुग्दा यो साता शेयर बजार ६१ दशमलव ५३ अंकले घटेको छ।

सरकारले आगामी वर्षको बजेटमा पुँजी बजारलाई प्राथमिकतामा राख्न नसकेकाे लगानीकर्ताकाे गुनासाे छ। बजेटमा पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षाका लागि नेपाल धितोपत्र बोर्डलाई सुधार गर्ने, निश्चित पुँजी भएपछि नेप्सेमा सूचीकृत हुनु पर्ने व्यवस्था मिलाउने, नेप्से र सिडिएसको संरचनागत सुधार गरिने लगायतका नीति समेट्याे। बजेटमा उल्लेख गरिएका यी बुँदाहरूले लगानीकर्ताको ध्यान खासै खिच्न सकेन। बरु आयकर ऐन संशोधन गर्नुपर्ने लगायतका आफ्ना मागहरू बजेटले सम्बोधन नगरेको भन्दै लगानीकर्ता रूष्ट भए जसको नतिजा स्वरूप शेयर बजार राताम्मे देखियो। 

साताको पहिलो दिन आइतबार 

साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको थियो। यसदिन शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अंकले घटेर २१०९.३४ विन्दुमा बन्द भएको थियो। आइतबार ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रूपैयाँको शेयर कारोबार भएको थियो। यस दिन ३१५ वटा धितो पत्रको १ करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर किनबेच भएको थियाे ।आइतबार २९ कम्पनीको शेयर मूल्य बढेको थियो भने २१५ वटाको घटेको थियो । यस्तै, ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो । 

यो सातामा जम्मा चार दिन मात्रै शेयर कारोबार भएको छ। साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर बजार सोमबार झिनो अंकले बढ्यो। मंगलबार आगामी आवको बजेट आउने भएकाले लगानीकर्ता उत्साहित थिए। तर बजेटले लगानीकर्ताको मनशायलाई बुझन् नसक्दा बुधबार र बिहीबार शेयर बजारमा हरियाली छाउनुको साट्टो राताम्मे छायो। 

साताको दोस्रो दिन सोमबार 

आइतबार दोहोरो अंकले घटेको शेयर बजारमा सोमबार झिनो अंकको सुधार देखिएको थियो। सोमबार बजार बन्द हुँदा ३.९३ बिन्दुले बढेर २११३.२७ विन्दुमा पुगेको थियो । त्यसदिन  तीन अर्ब ८७ करोड रूपैयाँको कारोबार भएको थियो। त्यसदिन कारोबारमा आएका ३ सय १७ धितोपत्रकाे एक सय ८१ वटाको मूल्य बढेकाे एक सय १९ वटाको मूल्य घटेर खरिदबिक्री भएको थियो। साेमबार एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट फण्डको सबैभन्दा धेरै २० करोड ४० लाख रूपैयाँको कारोबार भएको थियो। 

साता चौथो कारोबारको दिन बुधबार 

साताको चौथो कारोबारको दिन बुधबार यो साता बजेट आएको भोलिपल्टको दिन थियो। तर आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा सेयर बजारलाई छुने विशेष किसिमका कुनै पनि कार्यक्रम नआएपछि लगानीकर्ता निरास बने। हालै २१२५ को उचाइ भेटेर घट्ने क्रममा रहेको नेप्से बजेटपछि थप ओरालो लाग्यो । बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा बन्द भएको छ। यस दिन चार अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रूपैयाँको सेयर कारोबार भएको थियो। यस दिन ३१४ वटा धितो पत्रको १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर किनबेच भएको थियो । बुधबार ५६ कम्पनीको सेयर मूल्य बढेको थियो भने १९१ वटाको घटेको थियो । 

साताको पाँचौ कारोबारको दिन बिहीबार 

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो। त्यसदिन नेप्से १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा बन्द भएको थियो। बिहीबार चार अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ रूपैयाँको सेयर कारोबार भएको थियो। यस दिन ३११ वटा धितो पत्रको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ७० कम्पनीको सेयर मूल्य बढेको थियाे भने १७३ वटाको घटेको थियो। यस्तै, ४ कम्पनीको मूल्य स्थिर रहेको थियो। 

समग्रमा यो साता शेयर बजार लगानीकर्ताको लागि सुःखद रहन सकेन। गत साता नीति तथा कार्यक्रमका कारण उत्साह छाएको शेयर बजारमा बजेटले उत्साह भरेको देखिएन। यो साता २१३१ दशमलव ४९ को बिन्दुबाट कारोबार सुरु गरेको बजार २०६९ दशमलव ५३ को बिन्दुमा पुगेर बन्द भएको छ। बिहीबारसम्म आइपुग्दा यो साता शेयर बजार ६१ दशमलव ५३ अंकले घटेको छ।गत साता २०१८ दशमलव ७६ को बिन्दुबाट कारोबार सुरु गरेको बजारले कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २१३१ दशमलव ४९ को बिन्दुमा पुगेर बन्द भएको थियो । समग्रमा गत साता बजार ११२ दशमलव ७२ को अन्तरले बढेको थियो।