बैंकिङ्ग समाचार, काठमाडौं ।
रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरेर कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया