काठमाडाैं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ। बिहीबार खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो।
त्यस्तै, आज युरो एकको खरिद दर १४४ रुपैयाँ १८ पैसा र बिक्री दर १४४ रुपैयाँ ८३ पैसा रहेको छ। हिजो खरिद दर १४४ रुपैयाँ ०२ पैसा र बिक्री दर १४४ रुपैयाँ ६७ पैसा रहेको थियो।
बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २९ पैसा र बिक्री दर १७० रुपैयाँ ०६ पैसा रहेको छ। बिहीबार खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसाका दरले कारोबार भएको थियो। आज कतारी रियाल एकको खरिद दर खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहाेस् कुन देशकाे मुद्राकाे विनिमय दर कति ?




About Us
प्रतिक्रिया