काठमाडौं– वैशाख महिनामा धितोपत्र दोस्रो बजारबाट कुल ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ। सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार वैशाख महिनामा संकलित पुँजीगत लाभकर चैतको तुलनामा २४.९ प्रतिशत कम हो। चैत महिनामा ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन भएको थियो।
वैशाख महिनामा कुल ५४ अर्ब ९१ करोड रुपैयाँ बराबरको धितोपत्र दोस्रो बजारबाट कारोबार भएकोमा सो कारोबारका क्रममा लगानीकर्ताले नाफा लिएर बेचेको धितोपत्रबाट ३६ करोड २७ लाख कर संकलन भएको हो ।
बजारमा हुने धितोपत्र कारोबारमा नाफाबाट दीर्घकालीन लगानीकर्ताले ५ र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ। १ वर्षभन्दा कम समय सेयर होल्ड गरेर बेच्दा नाफाबाट ७।५ प्रतिशत तथा १ वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बेच्दा नाफा रकमबाट ५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ।
प्रतिक्रिया