सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघद्धारा तेस्रा चरणको आन्दोलन घोषणा

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघद्धारा तेस्रा चरणको आन्दोलन घोषणा


काठमाडौं- सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले तेस्रा चरणको आन्दोलन घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै महासंघले सरकारले गरेका सम्झौता कार्यान्वयनन नगरेको कारण आन्दोलन घोषणा गरेको जनाएको हो ।

महासंघका अध्यक्ष कुशलभ केसीले सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलन घोषणा गर्नुपर्ने अवस्था आएको बताए । केसीका अनुसार आन्दोलन जेठ ११ गते ११ बजे माइतीघर मण्डलाबाट सुरु हुनेछ ।

सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभर सशक्त रुपमा अगाडि बढ्ने उनले बताएका छन् । उनले तत्कालीन भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र हालका मन्त्री बलराम अधिकारीसँग पनि सम्झौता भएपनि केहि कार्यान्वयन नभएको बताएका छन् ।