काठमाडौं– पछिल्लो महिना चैतमा बैंक तथा वित्तीय संस्थाहरूले ५० अर्ब बराबरको लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको रिपोर्टअनुसार बैंकहरूले चैत महिनामा मात्र ५० अर्ब ५५ करोड रुपैयाँ लगानी गरेका हुन् ।
गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५१ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। अघिल्लो महिना फागुन मसान्तसम्म भने बैंकहरूले ५० खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेका थिए । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप भने २४ अर्ब रुपैयाँले घटेको छ।
फागुन मसान्तसम्म ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५० खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले चैत मसान्तसम्ममा ६१ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५१ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
प्रतिक्रिया