काठमाडौं– साताको पहिलो दिन आइतबार शेयर बजार बढेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिकाे तेस्राे त्रैमासिक समिक्षाा गरेकाे थियाे । यसकाे प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएकाे छ।
आज नेप्से सूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।
यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ। अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो । सबै क्षेत्रका सूचकहरु बढेका छन्। बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ। जीवन र निर्जीवन बीमा सबैभन्दा धेरै बढे ।
आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो ।
प्रतिक्रिया