नेष्डो समृद्ध लघुवित्तको साधारण सभा जेठ २५ गते


काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा जेठ २५ गते बस्ने भएको छ। साधारणा सभा पर्वतको रोयल कुश्मा रिसोर्टमा दिउँसो साढे १२ बजे सभा सुरु हुनेछ। सभामा कम्पनीले लाभांश वितरणसम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने भएको छ। जेठ १७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।