काठमााडौं –नेपाल राष्ट्र बैंकले बैंकहरूकाे पुँजीकाेषा थप सुदृढ गर्न सहजीकरण गर्ने भएकाे छ। पर्याप्त लगानीयोग्य रकम भएर पनि कर्जा दिन नसकेका बैंकहरूलाई राष्ट्र बैंकले वैकल्पिक औजार मार्फत पूँजी थप गर्ने बाटो खोल्ने भएको हो ।
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत बैंकले पूँजीकोष व्यवस्थापनको वैकल्पिक औजार प्रयोगमा सहजीकरण गर्ने बताएको हो। ‘बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ।






About Us
प्रतिक्रिया