काठमाडौं– नेपाल राष्ट्र बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जामा लचिलो नीति लिएको छ। शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गर्दै केन्द्रीय बैंकले हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाइने जनाएको हो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेको हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिने बताएको हो।



About Us
प्रतिक्रिया