आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न व्यवसायी गोल्यानको सुझाव


काठमाडौ– व्यवसायी पवन गोल्यानले आगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने विषयमा सरकार चुक्न नहुने बताएका छन्। बिहीबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै व्यवसायी गोल्यानले आगामी बजेटमा समेटिनु पर्ने कृषि क्षेत्रका मुख्य मुद्दामा सरकार चुक्न नहुने बताएका हुन् ।

गोल्यानले नेपालमा कृषि क्षेत्रको अपार सम्भावनालाई विश्लेषण गर्दै यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरे । साथै सरकार नेपाललाई कृषि क्षेत्रमा आत्मानिर्भर बनाउने विषयमा पनि सरकार चुक्न नहुने बताए ।