नेपाल लाइफ क्यापिटलको सीईओमा मनिष घिमिरे नियुक्त


काठमाडौं– नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष घिमिरेलाई नियुक्त गरेको छ। कम्पनी सञ्चालक समितिको १०१ औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरेकाे हो।

घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ्ग र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ। नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्ष भन्दा बढी समय कार्यसम्पादन गरेका छन् ।

घिमिरेले एफसीसीएका साथै काठमाडौं विश्वविद्यालय स्कूल अफम्यानेजमेन्ट (कुसुम) बाट इएमबिए पनि गरेका छन्। घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ्ग र मर्चेन्ट बैंकिङ्ग उत्पादनहरूजस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइनर सन्चालनमा विज्ञता रहेको छ।