काठमाडौं– काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षकाे (आव) १० महिनामा साढे ४ अर्ब आन्तरिक राजस्व संकलन गरेको छ। महानगरले २०८०/८१ वैशाख मसान्तसम्म ४ अर्ब ४७ करोड १९ लाख बराबर आन्तरिक राजस्व संकलन गरेको हो । महानगरले आन्तरिक राजस्वमा गत वर्षभन्दा ८ करोड ५७ लाखले धेरै उठाएको हो।
काठमाडौंले सबैभन्दा धेरै राजस्व घर बहाल करबाट उठाएको छ । राजस्व विभागका अनुसार १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ । गत आवमा महानगरपालिकाले १ अर्ब ७५ करोड १६ लाख उठाएको थियो । चालु आवमा महानगरले घर बहाल कर २४ करोड ३९ लाख रुपैयाँ धेरै उठाएको छ ।
महानगरका प्रशासनिक सेवा शुल्क राजस्व गत वर्षभन्दा उच्च दरमा बढेको छ । गत आव १० महिनामा ७२ लाख ९ हजार मात्रै उठाएको महानगरले चालु आव सोही अवधिमा ३ करोड २२ लाख उठाउन सफल भएको हो ।
यस्तै शिक्षा क्षेत्रको आम्दानी पनि महानगरले दोब्बर बनाएको छ । गत आव वैशाख मसान्तसम्म २३ लाख ४२ हजार उठाएको काठमाडौंले चालु आव सोही अवधिमा ४६ लाख ८९ हजार उठाएको हो ।



About Us
प्रतिक्रिया