किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा

किसान लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। लघुवित्तले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हाे।

उक्त शेयर खरिदका लागि जाेकाेही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालयमा या बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ।