नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं साधारण सभा (भोली) शुक्रवार

नेपाल इन्भेष्टमेण्ट बैंकको ३५ औं साधारण सभा (भोली) शुक्रवार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेण्ट बैंकले ३५औं वार्षिक साधारण सभा भोली मंसिर १७ शुक्रवार बोलाएको छ ।

कम्पनीले सभा बिहान १० बजे दरबारमार्ग, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा हुने जानकारी दिएको छ । सभाले १२ दशमलव ६११ प्रतिशत बोनस शेयर र ३ दशमलव ३८ प्रतिशत नगद लाभांश (करसमेत ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफ गरी पारित गर्नेछ । 

यसैगरी सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती  र निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।