काठमाडौं – साताको चौथो काराेबारकाे दिन अर्थात् बुधवार शेयर बजार घटेको छ। साताकाे पहिलो कारोबारको दिनदेखि नै बढ्दै आएको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज ९.५४ अंकले घटेको छ।
आज नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर २०१७ को विन्दुमा कायम भएको छ। शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ। आज नेप्सेमा कारोबार भएका ३१५ वटा कम्पनीको ८४ लाख ९० हजार कित्ता शेयर खरिद–बिक्री हुँदा तीन अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ।
आज दुई वटा उपसूचकबाहेक सम्पूर्ण उपसूचकहरू राताम्मे बनेका छन् । साथै, उपकार लघुवित्त र युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।






About Us
प्रतिक्रिया