पोखराको प्राइम सहकारीबाट एक अर्ब ५४ करोड ठगी

पोखराको प्राइम सहकारीबाट एक अर्ब ५४ करोड ठगी


काठमाडौं– पोखरा महानगरपालिका–४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप अपचलन गरेको आरोपमा प्रहरीले मंगलबार ८ जनालाई पक्राउ गरेको छ । सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको १ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ अपचलन गरेका पाइएको हो ।

पक्राउ पर्नेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ रहेका छन् ।

सहकारी रजिष्ट्रारको कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी बचतकर्ताको रकम अपचलन तथा हिनामिनाका बारेमा सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न आग्रह गरेको थियो ।