बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड ७८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा जम्मा गर्ने भएको हो ।
राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गनेृ भनेको सो रकम मध्ये वाणिज्य बैंकमा ८८ करोड ६१ लाख, राष्ट्रिय स्तरका विकास बैंकमा १६ करोड ६१ लाख र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ५ करोड ५३ लाख रुपैयाँ छुट्याएको छ । केन्द्रीय बैंकले २०७८ मंसिर २९ देखि २०७९ मंसिर २९ गतेसम्म ३६६ दिन अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।
सो निक्षेप रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाले ब्याजदर सहितको आवेदन केन्द्रीय बै.कमा बुझाउनु पर्ने हुन्छ । बैंक तथा वित्तीय संस्थाले मंसिर १७ गते दिउँसो १ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर राष्ट्र बैंकमा निवेदन दिनु पर्नेछ ।
केन्द्रीय बैंकले लगानी गर्न चाहेको रकम राख्नका लागि निक्षेप राख्ने संस्थाले तोकिएको शर्त पूरा भएको हुनुपर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको संस्था मात्र यसका लागि योग्य हुनेछ । त्यसैगरी राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, निष्कृय कर्जा कुल सापटीको ५ प्रतिशत भन्दा कम रहेको र रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने छ ।
यस्तै निक्षेप लिने बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको नपरेको हुनपर्ने शर्त सूचनामा तोकिएको छ । उक्त मुद्दती निक्षेपलाई केन्द्रीय बैंकले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । राष्ट्र बैंकले मुद्दती निक्षेपको ब्याजदर गोप्य रुपमा मागेको छ भने अधिकतम ब्याजदर कबोल गर्ने बैंक वित्तीय संस्था लगानीका लागि स्वीकृत गरिनेछ ।
प्रतिक्रिया