काठमाडौं–आज पनि शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २८ दशलमव ६२ अंकले बढेर २,०२७ को विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३२० कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया