धितोपत्र बोर्डले शेयर कारोबारमा घटाएको नयाँ ब्रोकर कमिसन आजदेखि लागु हुँदै

धितोपत्र बोर्डले शेयर कारोबारमा घटाएको नयाँ ब्रोकर कमिसन आजदेखि लागु हुँदै


काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १० प्रतिशतले घटाएको ब्रोकर कमिसन आजदेखि लागु हुँदैछ । वैशाख २३ गते बसेको बोर्ड सञ्चालक समिति बैठकले जेठ १ गते (आज) बाट लागु हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो ।

अब संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली बापत लिन पाउने सेवा शुल्क ५० हजार रुपैयाँ सम्मको कारोबारमा ०.३६ कमिशन लाग्ने छ । यस्तै, ५० हजारभन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत कमिसन लाग्ने छ भने ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३१ प्रतिशत कमिसन लाग्ने छ ।

यस्तै, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.२७ प्रतिशत कमिसन लाग्ने भएको छ भने १ करोड रुपैयाँभन्दा माथि कारोबारमा ०.२४ प्रतिशत कमिसन लाग्ने छ ।b