क्रिप्टो र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने एकजना पक्राउ

क्रिप्टो र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार गर्ने एकजना पक्राउ


काठमाडौं– विभिन्न अनलाइन ब्याटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रे मण्डनदेउपुर-८ का २४ वर्षीय अनिल ढुंगानालई पक्राउ गरेको हो ।

पक्राउ परेका ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको छ ।

उनीसँग विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको छ ।

त्यस्तै, बिनान्सबाट २ खाता प्रयोग गरी २४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य १ अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।