काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार २०८० चैत मसान्तमा १ लाख २७ हजार २१२ ऋणीलाई प्रवाह भएको १ खर्ब ४० अर्ब ५० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ।
यसमा महिला उद्यमशील कर्जा अन्तर्गत ७५ हजार ३ सय ३३ महिला उद्यमीलाई प्रवाह भएको ४३ अर्ब ७९ करोड कर्जा बक्यौता रहेको छ भने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४९ हजार ६ सय ४८ ऋणीलाई प्रवाह भएको ९४ अर्ब ८५ करोड कर्जा बक्यौता सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार २ सय ३१ ऋणीको १ अर्ब ८५ करोड कर्जा बक्यौता रहेको छ।






About Us
प्रतिक्रिया