काठमाडौं – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । आइतबार राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८० को ९ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको हो ।
बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।
यस्तै आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको बैंकले जनाएको छ । यसैगरी विप्रेषण (रेमिट्यान्स) आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.३ खर्ब ६५ अर्ब १६ करोड बचतमा रहेको छ ।
यस्तै, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको पनि बैंकले जनाएको छ । जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्ताे छ पूर्णपाठ :
प्रतिक्रिया