काठमाडौं–शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० \८१ को तेस्रो त्रैमाससम्म ३९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २६ प्रतिशतले बढेको हो ।
कूल चुक्ता पुँजि दुई अर्ब ६५ करोड रुपैयाँ रहेको शिखर इन्स्योरेन्स कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६० पैसा पुगेको छ । चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपेयाँ ४९ पैसा रहेको छ
समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ५७ करोड २० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब १६ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।
यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४९ करोड रुपेयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब २३ करोड रुपैयाँ खर्चिएको थियो ।
प्रतिक्रिया