२२.६२ प्रतिशत लाभांश प्रस्ताव सहीत नेरुडे लघुवित्तको साधारण सभा पुस १० गते

२२.६२ प्रतिशत लाभांश प्रस्ताव सहीत नेरुडे लघुवित्तको साधारण सभा पुस १० गते


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १० गते १५औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर ४ गतेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको जानकारी नेप्से मार्फत गराएको हो । उक्त सुचनामा कम्पनीले साधारण सभा गर्ने स्थान र समय भने उल्लेख गरेको छैन् ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल २२ दशमलव ६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई अन्तिम रुप दिनेछ । कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २१ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

गत वर्ष ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव लाभांश प्रस्तावसँगै सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २३ गते बिहीवारसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।