बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ ।
स्टकका अनुसार ङादी ग्रुप पावर कम्पनी लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।
ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियाे ।
त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीकाे लाभांश असोज ३ गते, क्वीन्स क्याफे, अनामनगर, काठमाडौँमा सम्पन्न भएकाे आठौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ ।
त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे ३.८ प्रतिशत बाेनस बापतकाे एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।
बैंकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ०.२० नगद (कर प्रयाेजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया