पहिलो चरणको नेशनल पेमेन्ट स्वीच औपचारिक थालनीमा जोडिए २९ बैंक वित्तिय संस्थाहरु

पहिलो चरणको नेशनल पेमेन्ट स्वीच औपचारिक थालनीमा जोडिए २९ बैंक वित्तिय संस्थाहरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र २९ बैंक वित्तिय संस्थाहरुबीच सम्झौता भएको छ ।
एनसीएचएल तथा सम्बन्धित बैंक वित्तिय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।
नेपाल सरकारको बजेट तथा मौदि«क नीतीमा समेत उल्लेख भए बमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी नेपाल क्लियरिङ्ग हाउसलाई गतआर्थिक वर्ष प्रारम्भिक स्वीकृती प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कात्र्तिक महिनामा प्राप्त भएको हो ।

यसै क्रममा नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागी हालसम्म १८ वटा वाणिज्य बैकहरु ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तिय संस्थाहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यसै गरी अन्य बैंक/वित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउदै लैजाने कार्य योजना रहेको छ । कार्ड बाहेकका भुक्तानी प्रणाली बीचअन्तरआबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदानगरिने गरीपहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेकोमा अब यस सम्झौता पश्चात यसको कार्यान्वयन अघि बढ्ने छ ।

नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीचअन्तरआबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् ।

उक्त स्वीचरिटेल भुक्तानीको प्राथमिकपूर्वाधारको रुपमा रहीविभिन्न रियल टाइम, नन–रियल टाइम तथाओपन एपिआइका मार्फत बैंक वित्तिय संस्थातथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्यथप सेवा पनि प्रदान गर्न सक्नेछन् । त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्ड सँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक कार्य अघि बढाइएको कम्पनीले छ ।

नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनसँगै एनसीएचएलले नेपाल सरकार, नियामक तथा विभिन्न सरोकारवालाहरु सँग समन्वय गरी भुक्तानी प्रणाली तथा उपकरणको प्रयोगलाई थपसहज, सुलभ र सुरक्षित बनाउने अपेक्षा गरेको छ ।