बैंकिङ्ग समाचार, काठमाडौं ।
फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।
लघुवित्तले मंसिर १६ गते आह्वान गरेको १२ औं साधारण सभाका लागि मंसिर ५ गते बुकक्लोज मिति तोकेको छ ।
यसअनुसार बुकक्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम रहने लगानीकर्ताले मात्र सभामा भाग लिन र बोनस पाउनेछन् ।
फर्स्ट माइक्रोफाइनान्सको कार्तिक १३ गते बसेको १८६ औं बैठकको निर्णय अनुसार मंसिर १६ गते बिहीबार १२ औं साधारण सभा आह्वान गरिएको छ । सभा आम्रपाली व्याङ्केट, भाटभटेनी काठमाण्डाैंमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
सभामा चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने, कम्पनीको अधिकृत जारी तथा चुक्ता पूँजी ८७ करोड ६८ लाख ११ हजार २०० बाट वृद्धि गरी ९६ करोड ४४ लाख ९२ हजार ४०० पुर्याउने लगायतका प्रस्तावहरु पारित गरिने लघुवित्तले जनाएको छ ।
प्रतिक्रिया