बैंकिङ्ग समाचार, काठमाडौं ।
एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को नाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सको कार्तिक ३० मंगलबार बसेको सञ्चालक समितिले लाभांश वितरणको निर्णय गरेको हो।
इन्स्योरेन्सले २५ प्रतिशत अर्थात ५० करोड २६ लाख ९० हजार रुपैयाँ बोनस तथा २ प्रतिशत अर्थात ४ करोड २ लाख १५ हजार रुपैयाँ नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त प्रस्तावित लाभांश बीमा समिति र इन्स्योरेन्सको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको भने उक्त बोनस पछि इन्स्योरेन्स्को पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया