सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त  प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।