बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले ७३ अर्ब रुपैयाँ बराबरको लगानी जलविद्युत क्षेत्रमा भित्राउने भएको छ । लगानी भित्राउनको लागि लगानी बोर्डले सो रकमको स्वीकृति गरेको हो ।
बोर्डका अध्यक्ष प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न ७३ अर्ब बराबरको रकम लगानीमा स्वीकृति गरेको हो ।
सो कार्यका लागि पूँजीवृद्धि गर्न अनुमति प्रदान गरिएको छ । दोलखा जिल्लामा संचालीत ५६ मेगावाट क्षमताको जुमखोला जल विद्युत परियोजना तथा संखुवासभा जिल्लामा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत परियोजना छन् ।
९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई पनि अध्ययन गरी ४५ दिनभित्र सुझाव सहितको प्रतिवेदन माग गरिएको छ ।
प्रतिक्रिया