काठमाडौं–कुमारी बैंक लिमिटेड बैंकको शेयरधनी विरेन्द्र कुमार साहको नाममा रहेको १० लाख कित्ता शेयर बिक्रीमा ल्याएको छ । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
इच्छुक संस्थापक शेयरधनीले तोकिएको म्याद आफूले लिन चाहेको शेयर संख्या र दर रेट खुलाएर काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा निवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया