गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्धा नपरेको रुपन्देही जिल्ला अदालतको दाबी

गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्धा नपरेको रुपन्देही जिल्ला अदालतको दाबी


काठमाडौं– रुपन्देही जिल्ला अदालतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध कुनै मुद्दा नपरेको दाबी गरेको छ ।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले बैंकिङ्ग समाचारसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनका अनुसार जिबी राई (गितेन्द्रबाबु राई) सहित २८ जनाविरुद्ध भने उक्त सहकारीबाट प्रकृया नै पुरा नगरी ऋण लिएको आरोपमा मुद्दा दायर भएको हो ।

उनले भने, ‘जिबी राईसहित २८ जनाविरुद्ध मुद्दा आएको छ । रवि लामिछानेलाई नै प्रतिवादी बनाएर मुद्दा आएको छैन ।’