अबदेखि मौद्रिक नीति साउन १ गते आउने


काठमाडौं – अबदेखि मौद्रिक नीति साउन १ गते आउने भएको छ। आज बसेको अर्थ समिति बैठकले अबदेखि मौद्रिक नीति साउन १ गते ल्याउनुपर्ने बताएको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो। बैठकमा अन्य वित्तीय वस्तुमा केही परिमार्जनसहितका प्रस्तावहरु समेत पारित गरिएको छ।