काठमाडौं– चालु आर्थिक वर्षको आठ महिनामा सुनको मूल्य प्रति आउन्स १३.७ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले बिहीबार आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय बजारमा २०८० फागुन मसान्तमा १३.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २१६८.४० पुगेको जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा २०७९ फागुन मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १९०७.५५ रहेको केन्द्रिय बैंकको तथ्याङ्कमा उल्लेख छ ।






About Us
प्रतिक्रिया