काठमाडौं–ब्रान्ड फाइनान्सले विश्वका मूल्यवान् बीमा कम्पनीको सूची सार्वजनिक गरेको छ। फाइनान्सले मार्च १९ मा सार्वजनिक गरेको २०२४ को सूचीअनुसार विश्वका सबैभन्दा मूल्यवान् बीमा कम्पनीमा चिनियाँ बीमा कम्पनी अग्रस्थानमा छन्।
यसमध्ये पहिलो स्थानमा चीनको पिङ एन नामक बीमा कम्पनी रहेको छ । जसको मूल्य ३३.६ अर्ब डलर रहेको छ। यसैगरी जर्मनीको एलायन्ज दोस्रो ठूलो मूल्यवान बीमा कम्पनी हो। यसको मूल्य २४.६ अर्ब डलर रहेको छ। तेस्रोमा चाइना लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यो कम्पनीको मूल्य १७.५ अर्ब डलर छ।
ब्रान्ड फाइनान्सको सूचीअनुसार चौथो स्थानमा फ्रान्सको एएक्सए र पाँचौँ स्थानमा चीनको चाइना प्यासफिक लाइफ रहेको छ। यी कम्पनीको मूल्य क्रमशः १६.६ अर्ब डलर र १५.३ अर्ब डलर रहेको छ।
योसँगै ब्रान्ड फाइनान्सले अमेरिकाको जीईआईसीओ, चीनको पीआईसीसी, हङकङको एआईए, अमेरिकाको मेटलाइफ र अमेरिकाकै प्रोग्रेसिभ इन्स्याृरेन्स कम्पनीलाई पाँचौँदेखि दसौँ स्थानमा समावेश गरेको छ। जुन कम्पनीहरुको मूल्य लगातार १४.६ अर्ब डलर, १३.३ अर्ब डलर, १३.२ अर्ब डलर, १२.३ अर्ब डलर र १२.३ अर्ब डलर रहेको छ।






About Us
प्रतिक्रिया