काठमाडौं– रिडी पावर कम्पनीले ११ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले ११ लाख ३५ हजार ६५७ शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राख्न लागेको हो । कम्पनीको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्कासन गर्दा बिक्री हुन बाँकी रहेको उक्त शेयर कम्पनीले बिक्री गर्न लागेको हो ।
शेयर खरिदका लागि ईच्छुक व्यक्ति, कम्पनी र संघसंस्थाले चैत २९ बाट आउँदो वैशाख ९ गतेसम्म बोलपत्र गर्न सक्नेछन्।बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण शेयरका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
खरिदकर्ताले मुक्तिनाथ क्यापिटलको काठमाडौं नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाहरु आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया