आगामी बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

आगामी बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव


काठमाडौं– आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि अर्थ मन्त्रालयले सुझाव मागेको छ ।

बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेकाले बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने बिषयहरुका सम्बन्धमा विभिन्न संघ, संस्था, विज्ञ, बुद्धिजिवी, राजनैतिक दल, समाजसेवी, व्यवसायी, संचारजगतलगायत आम नागरिकमालाई सुझावको लागि मन्त्रालयले अपिल गरेको छ ।

सुझाव २०८१ वैशाख मसान्तभित्र मन्त्रालयमा उपलब्ध गराउन सरकारले आग्रह गरेको छ ।