बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३.२५ प्रतिशत बढेर ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ७ प्रतिशत बढेर २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ, जीवन बीमा कोष २८.०५ प्रतिशत बढेर १४ अर्ब ६९ करोड ५७ लाख ५४ हजार रुपैयाँ जम्मा भएको छ भने जगेडा कोष २२.१६ प्रतिशत घटेर ६९ करोड २६ लाख २१ हजार रुपैयाँमा सिमित भएको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.११ प्रतिशत बढेर ३ अर्ब ९८ करोड ४० लाख ४६ हजार रुपैयाँ र कुल बीमा शुल्क आर्जन २२.४५ प्रतिशत बढेर ४ अर्ब ४ करोड १० लाख ६७ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा २५.०९ प्रतिशत बढेर १३ अर्ब ६० करोड ४६ लाख ७७ हजार रुपैयाँ प्रवाह गरेको छ । बीमितहरुलाई बीमालेख धितो कर्जा २२ प्रतिशल बढेर २२.१६ प्रतिशत बढेर १ अर्ब ४६ करोड १४ लाख ९ हजार रुपैयाँ लगानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७३.२० प्रतिशत बढेर १ अर्ब १३ करोड १३ लाख ७६ हजार रुपैयाँ गरेको छ ।
गत असार मसान्तसम्म अभिकर्ता कमिसन २२.७७ प्रतिशत बढेर ४३ करोड ९ लाख ९ हजार रुपैयाँ बुझेका छन् । कम्पनीको बीमालेखको संख्या २३.२६ प्रतिशल घटेर २ लाख २२ हजारमा सिमित भएको छ । अघिल्लो आवमा कम्पनीले बीमा लेखको संख्या २ लाख ९० हजार थियो । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ छ ।
प्रतिक्रिया