आँधिखोला लघुवित्तको आज साधारण सभा

आँधिखोला लघुवित्तको आज साधारण सभा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।

आँधिखोला लघुवित्त वित्तीय संस्थाको आज बिहीबार असार ३१ गते चौंथो वार्षिक साधारण बस्दैछ । सभा होटल गाँउवेशी वालिङ–८, स्याङजामा बिहान ११ः३० बजे सुरु हुनेछ । आँधिखोला मर्जर तथा एक्विजिसनका लागि पनि खुला देखिएको छ । कुनै लघुवित्तसँग मर्जर तथा एक्विजिसनमा जाने भएमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुँदैछ । 
 
आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
 
सभा प्रयोजनका लागि कम्पनीले असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको छ । यता, धौलागिरी लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको यस लघुवित्तको २०७६ पुस २ गतेबाट सेयर कारोबार रोक्का छ ।