सिड इनर्जीले १५ करोड बढी कित्ता शेयर बिक्रीमा राख्ने

सिड इनर्जीले १५ करोड बढी कित्ता शेयर बिक्रीमा राख्ने


काठमाडौं– सिड इनर्जीले सर्वसाधारणका लागि १५ करोड बढी कित्ता शेयर बिक्रीमा राख्ने योजना अघि सारेको छ । त्यसका लागि इनर्जीले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ।

एक कार्यक्रमका बीच धितोपत्र बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी समझदारीमा एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्य र सिड इनर्जीका सीईओ आशीष श्रेष्ठले हस्ताक्षर गरेका छन्।