काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महत अमेरिका भ्रमण जाने तयारीमा छन् । आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकाको वासिङ्टन डिसीमा हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउन उनी भ्रमणमा निस्किन लागेका हुन् ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री महतको अमेरिका भ्रमणलाई स्वीकृति दिएको थियो। भ्रमणका लागि मन्त्री महतसहितको टोलीले नेपालमा आयोजना हुने आईडीए २१ रिप्लेसमेन्ट दोस्रो बैठकको तयारी, माथिल्लो अरुण जलविद्युत आयोजना र विश्व बैंक र नेपालबीचको नयाँ साझेदारी लगायतका एजेण्डा अघि सारेको छ ।



About Us
प्रतिक्रिया