काठमाडौं – इजिप्टले स्वेज नहर आर्थिक क्षेत्रमा हरित हाइड्रोजन र नवीकरणीय ऊर्जाको क्षेत्रमा अन्तर्राष्ट्रिय विकासकर्ताहरूसँग सात सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । यी परियोजनाहरूका लागि कुल लगानी १० वर्षको अवधिमा ४० अर्ब अमेरिकी डलरभन्दा बढी हुने अपेक्षा गरिएको छ ।
इजिप्टका योजना र आर्थिक विकासमन्त्री हाला अल–सईदले सम्झौताको शुरुवाती चरणमा करिव १२ अर्ब डलरको लगानी समावेश भएको र पहिलो चरणको लागि थप २९ अर्ब डलरको लगानी रहेको बताए । इजिप्ट सरकारले हरित ऊर्जा उत्पादन र निर्यातको लागि देशलाई क्षेत्रीय केन्द्रमा रूपान्तरण गर्न काम गरिरहेको छ । (न्युज एजेन्सी नेपाल)



About Us
प्रतिक्रिया